उनी सँगको साथले मलाई असल रहन प्रेरणा मिलेको थियो । भगवान सँग
धन्यवाद व्यक्त गरिरहन्थे । उनी मलाई दुखी हुन नदिन प्रयासरत
हुन्थिन्, मेरो व्यवसाय शान्त दिमागले गर्दा राम्रो चलीरहेको थियो । हाम्रो
विवाहको first anniversary मलाई अझै याद छ, मेरो खुशीको अर्को
उपहार धर्तीमा साथ पाएको थिए । मलाई नै कहिलेकाही खल्लो लाग्थ्यो
विचरी सुखशैलको जिन्दगी छोडेर म सँग संघर्ष गर्न आईपुगीन् । म सँग विहे गरेको दुखेसोले उनको माइतीले फर्केर पनि हेरेन । मेरो अगाडि
मुस्कुराउथीन् मात्रै, मलाई लाग्थ्यो म नहुदा पक्कै लुकेर रुन्छिन् होलि !
मन कता कता अमिलो भयो, गहभरी आँसु टिल्पिलाए तर सम्हालिए ।
एकमात्र कारण थियो कि म सँग प्रशस्त पैसा थिएन, मैले भनेको पनि थिए
'मलाई बिर्सिने कोसिस गर' तर उनी सब चिज छोडेर म सँग रहन लागिन् ।
म माफी माग्न पुगेको पनि थिए, तर मलाई गल्हत्याएर पठाए उनको माइतीले । मैले धेरै चोटि सहमतिको बाटो खोजे तर उनीहरुमा म प्रती घृणा
मात्रै जाग्यो । हुन पनि हो, त्यो बेला म अल्लारे थिए म सँग कुनै इलम
थिएन, भर्खर पढाइ गरेर नोकरिको खोजमा थिए । मेरो चिन्जानको मान्छे
कोहि पनि थिएन, प्राइभेट सेक्टरमा कतैबाट पनि मलाई जागिर मिलेन । म
हतोत्साहित भए, सरकारले युवा उद्यमीहरुको लागि सस्तो ब्याजमा ऋण
दिइरहेको थाहापाएपछी जे होला होला भनेर त्यही उपाय अवलम्बन गरेर मैले एउटा नयाँ व्यवसाय सुरु गरे र मैले सोचेभन्दा अब्बल ख्याती सहित दस
महिनामा ऋणबाट उन्मुक्त भएर मुनाफामा लागे । मलाई पनि इच्छा त
थियो नि उनलाई सुख सँग राखु तर के गर्नु गरिब जो परे !!
दिउँसो भरी उनी छोरी सँग त्यही किरायाको घरमा रहन्थिन्, म व्यवसायमा
खटिनु पर्थ्यो, बुढा भइसकेका मेरा ममिबाबा गाउँमै सानो झुपडीमा
बस्नुहुन्थ्यो, अलिअली खर्च पठाउने गरेको थिए ।

म सुत्ने तरखरमा थिए, उनी भान्साको काम सकेर आइन् । पातलो शरीर, मायालु आँखा, हसिलो
मुखाकृती, साच्चै परि देखिएकी थिईन् तर म निकै भावुक भएको थिए । हुन
त प्राय: पुरुषहरुलाई नानाथरी तनाव नभएर किन मान्छे होइन्थ्यो र ! 'ममि
बाबाको याद आउदैन तिमीलाई!' मैले साच्चै स्टुपिड प्रश्न गरे, केही
बोलिनन् मलाई हेरिरहिन् आँसु बर्बर झार्न लागिन् । माया लाग्यो, तुरुन्तै
अँगाले, अबेरसम्म रोइरही । सुक्क सुक्क गर्दागर्दै अँगालोमै निदाई । म अबेरसम्म सोचमग्न भएर उराठिदै बसे । बिहान सबेरै बाइक निकाले अनि
तल सम्म पुगेर आउछु भन्दै विरानो ससुराली लागे । सायद किस्मत राम्रो
थियो, आमा मात्रै रैछिन्, टाढै बाट अभिवादन गरे ! भित्र आउन इशारा
गरिन् म पछि पछि लागे । सबै कुरा शान्त भएर सुनाए, 'तपाइहरुको पत्थर
दिलले गर्दा उ रोइरहन्छे! कतिसम्म मुर्ती रहिरहु' भन्न पनि भ्याए ।
मिलाएर आफै आउने कुरा निकालिन्, मन अलि हल्का भयो त्यतिनै खेर ससुरा बुढा आइपुगे । अभिवादन गरे ! सायद यतिधेरै समयको तिक्तताले
उनीहरुको मन पनि पग्लिएको थियो । आइमाईको जिद्दीले 'आज बेलुकाको
खाना खान सबैजना आउनु' यति भनेर बुढा माथी छत तिर लागे । म पनि
निस्के, लामो स्वास लिए, तुरुन्तै फोन गरेर यो कुरा ममिलाई भने, खुशीको
ठेगान थिएन । आज छुट्टी भो भनेर सबै स्टाफहरुलाई खबर गर्न लगाए र
कोठामा पुगे । खाना तयार गरेर मलाइ नै पर्खिरहेकी थिइ । 'ढिला हुन लागेन र! कता भुल्नुभयो?' भनेर सोधिन्, 'आज सबै विदा राखेको छु, खाना
अलि एकछिनमा खाउला, जाउ फ्रेस भएर आउ आज सपिङ लग्छु' आँखा
जुधाउदै जवाफ दिए । उनको लागि समय निकालेको देखेर फुरुङ्ग हुँदै
आज्ञाकारि बनिन् । म छोरी सँग खेल्न लागे, एकप्रकारको निर्दोष चेहरा
हेर्दा लाग्थ्यो आफैलाई नियाल्दै छु । 'छोराछोरीको माया कस्तो हुन्छ,
बिस्तारै थाहा पाउछस् छोरा!' भनेर ममिले भनेको झल्झली याद आयो । हो रैछ ! आँसु स्वतन्त्र छोडिदिए, आखीर कति पीडा दबाइरहन सक्थे !
खेल्दाखेल्दैको छोरिले पनि मेरो आँसु देख्न पुगि, त्यो अवोध बालकपन
स्वयं रुन लागि । सम्हालिए र उसलाई भुलाउन पट्टि लागे, दिल पनि मेरै
ल्याइछे भन्दै उसको आँसु पुछिदिए । उ फेरि खेल्न लागि, म उसको साथी
बनिरहे । उनी फ्रेस भएर आइन् । 'ल खाना खाने होला' भन्दै भान्सामा छिरे
उनी पनि छोरिलाई अघि लगाएर आइन् । खाना खाएर सपिङ लाग्यौ अनि घुमफिर गर्दै अबेर मात्र फर्कियौ । आज एउटा सरप्राइज छ, उनी
अचम्ममा परिन् 'कस्तो सरप्राइज?' प्रश्न गरिन् । बाइकमा बस्न भने र
गन्तव्यतिर हुइक्याए । गेटतिर हेरेर भावुक हुँदै थिईन्, मिररमा नियाल्दै थिए
म । रोके उ अझै अचम्मित भइ, मैले अघि हिड्न इशारा गरे, उनी मानिनन्,
म अघि लागे उनी छोरी सँग पछिपछि पछ्याइन् । त्यसपछिको माहोलले फेरि
आँसु थामिएन तर आँसु खुशिको थियो …………

एक टिप्पणी भेजें
Love you!!!